Logo

रेशमलाई जेलमुक्त गर्ने शर्तमा सुदूरपश्चिममा सत्ता गठबन्धनको सरकार



काठमाडौं, २७ पुष । रेशम चौधरीलाई जेलमुक्त गर्ने शर्तमा सुदूरपश्चिम प्रदेशको सरकार निर्माणका लागि नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई सहयोग गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एक महिनाभित्र रेशम चौधरीलगायत टिकापुर घट्नाका बन्दीहरुलाई रिहाइ गर्ने आश्वासन दिएपछि सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय भएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ नगरेसम्म गठबन्धन सरकारलाई समर्थन नगर्ने जनाएको थियो।

मुख्यमन्त्रीका दाबी पेश गर्ने समयसीमा आज ५ बजे सकिदैंछ। नागरिक उन्मुक्तिसँग आजभएको सहमतिसँगै अहिले नेकपा एमालेका तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र रावलले आफ्नो दाबी पेश गर्दैछन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot