Logo

झलनाथ खनालसँग एकजनापनि सांसद छैनन् : प्रेम आले



काठमाडौं, १७ जेठ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद प्रेम आलेमगरले पार्टी एक ढिक्का रहेको बताएका छन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको समाचार बाहिरिएपछि सांसद आलेले पार्टी एकढिक्का रहेको बताएका हुन् । उनले झलनाथसँग एकजनापनि सांसद साथमा नरहेको दाबी गरे । उनले भने,‘झलनाथ खनालसँग एक जनापनि सांसद हुनुहुन्न । हामी सबै एक ढिक्का छौं ।’

अध्यक्ष माधवकुमार नेपालले विपक्षी गठबन्धनसँग सहकार्यको लागि सक्रियता बढाएको बेलामा सम्मानित नेता झलनाथले आजै वामपन्थीहरुबीच सहकार्य हुनुपर्ने भन्दै प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बालुवाटारमा पुगेर भेटवार्ता गरेका थिए । झलनाथले प्रधानमन्त्री दाहालसँग भेट गरेपछि सांसद आलेले रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलसाँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

पछिल्लो समय एकीकृत समाजवादी पार्टी पनि विभाजनको तयारीमा रहेको हल्ला चलेको छ । पार्टी विभाजनको हल्लाबारे स्वयम अध्यक्ष माधव नेपालले पनि सार्वजनिक रुपमा चर्चा गर्ने गरेका छन् । दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर भएपनि एकीकृत समाजवादी विभाजन गर्न लागिएको चर्चा गर्ने गरेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि आफूहरुलाई पनि डर लागेको कुरा स्वयम नेपालले भन्ने गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्