Logo

तीव्र गतिमा द्रुतमार्ग बनाउँदै नेपाली सेना



काठमाडौं, पुस २८।  राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं, तराई मधेस फाष्टट्रयाक अथवा द्रुतमार्गको जिम्मेवारी लिएको नेपाली सेनाले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ ।

बाराको निजगढबाट काठमाडौंको खोकना जोड्ने ७२ दशमलभ ०६ किलोमिटरको यो बाटो निर्माणको जिम्मा भने नेपाली सेनालाई २०७४ सालमा दिइएको हो ।

२०७४ सालमा सेनाले जिम्मा लिएको भए पनि काम भने २०७५ सालबाट मात्रै शुरु भएको नेपाली सेनाको द्रुतमार्ग निर्माण आयोजना समितिले जनाएको छ । मकवानपुर जिल्लाको लेनडाँडासहित विभिन्न्न स्थानमा अस्थायी क्याम्प नै खडा गरेर सेनाले यो बाटो बनाइ रहेको हो ।

सेनाले हालसम्म २१ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । लेनडाँडा अस्थायी क्याम्पका प्रमुख सेनानी रामसागर यादवले यो मार्ग निर्माणका लागि बिभिन्न तीन स्थानमा सुरुंग बनाउनुपर्ने भएकाले यसै अनुसार काम भइरहेको जानकारी दिए ।  नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्