Logo

माछापुच्छ्रे बैंकका सिईओ कोइराला बैंकर्स संघको उपाध्यक्षमा निर्वाचित



काठमाडौं, २८ पुष । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष कोइराला बैंकर्स संघको उपाध्यक्ष निर्वाचित भएका छन् ।

हिजो (बुधबार) सम्पन्न भएको संघको बिशेष साधारणसभाले कोइरालालाई निर्विरोध उपाध्यक्ष चयन गरेको हो ।

उनी दोश्रो कार्यकाल संघको कार्य समिति सदस्यको जिम्मेवारीमा थिए ।

अनिल उपाध्यायको कार्यकाल सकिएपछि एनएमबी बैंकका सिईओ समेत रहेका संघका उपाध्यक्ष सुनिल केसी अध्यक्ष बनेका छन् ।

केसी अध्यक्ष बनेपछि कोइराला उपाध्यक्ष बनेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot