काठमाडौं, २८ पुष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन् । दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाएका हुन् ।
सो अवसरमा मुख्यमन्त्री गिरीसँगै दुई जना बिना विभागीय मन्त्रीलाई पनि शपथ गराईएको छ । मुख्यमन्त्री गिरीले नेकपा (एमाले) का चेतनारायण आचार्य र नेकपा(माओवादी केन्द्र) का कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका थिए । आचार्य अर्घाखाँची र केसी बाँकेबाट निर्वाचित सांसद हुन् ।