काठमाडौं, पुस २९। अर्थतन्त्रको प्रणलीमा गरिएका हरेक कडाइलाई क्रमश: खुकुलो बनाउँदै गएको केन्द्रीय बैंकले आयातमा पनि खुकुलो नीति लिने तयारी गरेको छ ।
केन्द्रीय बैंकले प्रतिपत्र (एलसी) मा नगद मार्जिन चाहिने व्यवस्था हटाउने तयारी गरेको हो । उच्च आयातका कारण अर्थतन्त्रमा समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले २०७८ पुस ५ र २०७८ माघ २६ मा गरी दुई पटक ३ सय भन्दा बढी वस्तुको वस्तुको आयातका लागि एलसीमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।
आयात नीति खुकुलो बनाउँदै गएको राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरेको करिब एक वर्षपछि यसलाई हटाउने तयारी गरेको हो । एलसीमा लगाइएको नगद मार्जिन हटाउनका लागि राष्ट्र बैंकलाई निजी क्षेत्रका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत दबाब छ। आजको कारोबार दैनिकबाट