Logo

सामुन्द्रिक किनारमा छाल बढेपछि ८५ बन्दरगाह बन्द



एजेन्सी। पेरुको सामुन्द्रिक किनारमा अस्वाभाविक रुपमा छाल बढेपछि एक जनाको ज्यान गएको छ। त्यसलगत्तै यहाँ रहेका कम्तीमा पनि ८५ ओटा बन्दरगाह बन्द गराइएको नेसनल इन्स्टिच्युट अफ सिभिल डिफेन्सले जानकारी दिएको छ। उक्त इन्स्टिच्युटका अनुसार बुधबार यहाँको समुद्रमा अकस्मात छाल बढेको थियो।

पहिलेको किनारा नाघेरै माथि आउन थालेपछि समुद्रिक किनारमा रहेका बन्दरगाहहरु नै बन्द गराइएको सो इन्स्टिच्युटले जनाएको छ।आँधी आउन सक्ने सम्भावना भन्दै ती बन्दरगाहहरु यही जनवरी १६ तारिखसम्मका लागि बन्द गराइएको सूचना पनि यहाँका सरकारी अधिकारीहरुले दिएका छन्।

पेरुको उत्तरपश्चिमी सामुन्द्रिक किनारमा यस्तो छाल बढेको हो। त्यस क्रममा सो सामुन्द्रिक किनारमा माछा मारिरहेका एकजना ७० वर्षीय व्यक्तिलाई छालले बगाएर समुन्द्रमा मिसाएको थियो।

सरकारी निकायले सूचना प्रकाशन गरेर समुद्रको छाल बढेकोले केही दिनसम्म यसको किनारमा नजान र माछा मार्ने या अन्य कार्यहरु समुद्र किनारमा नगर्न भनेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot