Logo

अफगानिस्तान विस्फोटमा तीन जनाको मृत्यु, पाँच घाइते



काबुल (अफगानिस्तान), २७ वैशाख । अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको टोलो न्युजले जनाएको छ ।

तालिबानको गृह मन्त्रालयले फैजाबाद सहरमा सुरक्षा बलको शिविरलाई लक्षित गरी विस्फोट गराइएको जनाएको छ । अफिम खेती उन्मूलन गर्ने अभियानमा सुरक्षा बलको क्याम्प त्यस क्षेत्रमा तैनाथ थियो ।

प्रारम्भिक जानकारी अनुसार घटनामा तीन जना सुरक्षा बलका सदस्यहरूको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले बताए।

यसैबीच, बदख्सानका नागरिकहरूले तालिबानलाई यस क्षेत्रको सुरक्षा बढाउन अनुरोध गरेको बदख्सानका बासिन्दा रसूलले उल्लेख गरे ।

अहिलेसम्म कुनै व्यक्ति वा समूहले उक्त विस्फोटको जिम्मेवारी लिएको छैन । घटनाको थप विवरणको प्रतिक्षा गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot