Logo

सन्दिप रिहा हुँदा जे देखियो (फोटोफिचर)



काठमाडौं, २९ पुष । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालतमा धरौटी बुझाएका थिए । त्यसलगत्तै सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले केन्द्रीय कारागारमा पुगेर सन्दीपलाई अदालतले राखेका शर्तको जानकारी गराएका थिए ।

जबरजस्ती करणी मुद्धामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेश बदरको माग गर्दै उनी उच्च अदालत गएका थिए । बिहिबार उच्च अदालतका न्यायधीशद्वय न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजालासले जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको हो ।

गत भदौ ६ गते एक किशोरीलाई जबरजस्ती करणी अभियोगमा सन्दीप असोज २० गते विमानस्थलबाट पक्राउ परेका थिए । धरौटीमा रिहा भएका सन्दीप राष्ट्रिय टिममा फर्किने उनका कानुन व्यवसायी घिमिरे बताउँछन् । थुनामुक्त भएका सन्दीपलाई क्यानले स्वतः कप्तान फिर्ता गर्नुपर्ने अधिवक्ता घिमिरेको जिकिर छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot