Logo

कोरियाली नायिकालाई ६ हजार जनाको अगाडि १२० पटक गोली हानियो



एजेन्सी। पहिलो तस्बिर हो उत्तर कोरियाकी सबैभन्दा सुन्दर भनिने नायिका वू इन ही को। यो तस्बिर यहाँ वर्णन गरे जत्तिकै सुन्दर छैन किनभने विश्वभरी उनको अरु कुनै फोटो नै छैन। दोस्रो तस्बिर हो उत्तर कोरियाका शासक किम जोङ इलको। यी दुईको प्रेम कहानी ७० को दशकको हो। किम जोङ इल र वू इन नै गोप्य सम्बन्धमा थिए। वू इन हीलाई एक रेडियो जकीसँग प्रेम बस्यो जसबारे शासक किम जोङ इललाई थाहा भयो।

यो धोकाको परिणाम यति पीडादायी थियो कि थाहा पाउने सबै चकित पर्छन्। किम जोङ इलले वू इन हीलाई आफ्नो सम्बन्धको खुलासा र धोका दिएको आरोपमा मृत्युदण्ड दिए। ६ हजार व्यक्तिको अगाडि वू इन हीलाई १ सय २० पटक गोली हानियो। इतिहासको पानाबाट वू इन हीको नाम यसरी मेटाइयो कि न त उनको परिवारबारे कुनै जानकारी छ, न उनी जन्मिएको मिति कसैलाई थाहा छ, न नै मृत्यु भएको। सबै तस्बिर र जति पनि फिल्ममा उनले काम गरिन्, सबै मेटाइए।

उत्तर कोरियाकी सबैभन्दा ठूलो स्टार र पिपल्स नायिका बनिन्
प्योङ्याङमा केही फिल्ममा सानोतिनो भूमिका निर्वाह गरेको एक वर्षभित्रै उनले फिल्म ‘द टेल अफ चुनह्वाङ’ मा मुख्य भूमिका पाइन्। पहिलो फिल्मले नै वू इन हीलाई रातारात स्टार बनाइदियो।

लगातार हिट फिल्म दिँदै उनी एक स्टार बनिन्। द गर्ल फ्रम डायमण्ड माउन्टेनपछि उनले दर्जनौँ अवार्डसमेत उत्तर कोरियाको सबैभन्दा गरिमामय पिपल्स अवार्ड पनि पाइन्।

किम जोङ इलको नजर र विशेष व्यवहार
फिल्ममा उच्च स्थान ओगटेपछि वू इन उत्तर कोरियाका शासकको नजरबाट बच्न सकिनन्। उनले चोकोस्लोवाकिया गएर एड्भान्स एक्टिङ गर्ने विशेष अनुमति पाएकी थिइन् जबकी सर्वसाधारणलाई त्यहाँ जाने अनुमति थिएन।

विवाहपछि पनि थुप्रै पुरुषसँग रहे वूको सम्बन्ध
उत्तर कोरिया फर्किएपछि वू इन हीले सन् १९६०–७० को दशकमा थुप्रै उत्कृष्ट फिल्म दिइन् र उत्तर कोरियाको सबैभन्दा ठूलो स्टार बनिरहिन्।

सफलताको शिखरमा रहँदा नै वू इन हीले उत्तर कोरियाका सबैभन्दा चर्चित निर्देशक यो होसुनसँग विवाह गरेकी थिइन्। यो विवाहबाट जोडीका तीन छोरा भए।

बच्चा जन्मिएको केही महिनापछि सन् १९७० को आसपास वू इन हीको अन्य कलाकारसँग अफेयर चल्न थाल्यो। लगातार नयाँ व्यक्तिसँग नाम जोडिएपछि उनको निकै बदनाम हुन थाल्यो। उनको पहिलो विवाहेत्तर सम्बन्ध क्यामराका क्रु मेम्बर्ससँग थियो, यस्तै दोस्रो सम्बन्ध फिल्म इन्डष्ट्रिकै साधारण कामदारसँग रह्यो।

बदनाम भएपछि अभिनयमा लाग्यो प्रतिबन्ध र पाइन् सजाय
विभिन्न सफाईपछि सन् १९७० को अन्तिमसम्म बदनामीको असर सिधा उनको करियरमा पर्न थाल्यो। करियरमा धब्बा लागेपछि वू इन हीबाट पिपल्स एक्ट्रेसको अवार्ड पनि खोसियो। साथै, वूलाई फिल्ममा काम गर्न पनि प्रतिबन्ध लगाइयो। उनलाई सजायको रुपमा फिल्म स्टुडियोको बोइलरमा जागिर दिइयो जहाँ उनी १२ घण्टासम्म जोखिमयुक्त काम गर्थिन्।

बाध्यताको फाइदा उठाएर शासकले सुरु गरे वूसँग सम्बन्ध
फिल्ममा प्रतिबन्ध गरिएको केही महिनापछि नै सन् १९७९ मा वू इनले अचानक फिल्ममा मुख्य भूमिका पाउन थालिन् र उनले फिल्ममा काम गर्ने अनुमति पाइन्। यसको पछाडि उत्तर कोरियाका तानाशाह किम जोङ इलको हात थियो, जसको वू इनसँग सम्बन्ध थियो। यी दुईको सम्बन्ध कसरी सुरु भयो, यसको सटिक जानकारी छैन। यद्यपि, जानकारका अनुसार वूको करियर बर्बाद भएपछि किम जोङ इलले उनको करियर पुनः सुदृढ गर्ने शर्तमा उनीसँग सम्बन्ध सुरु गरेका थिए। वू करियरका लागि यो सिक्रेट सम्बन्धमा पक्कै पनि आइन्। यद्यपि, उनी यो सम्बन्धमा खुसी भने थिइनन्।

शासकले रचेका थिए वू र उनका प्रेमीलाई मार्ने षड्यन्त्र !
चिसोको मौसममा वू इन ही, जेनिचीसँग लामो यात्रामा निस्किएका थिए। यात्रामा निस्किएको केही घण्टापछि वू र जेनिची कारभित्र निस्सासिन थाले। केही घण्टासम्म सिसा बन्द थिए र कारभित्र विषालु कार्बन मोनोअक्साइड ग्यास भरिएको थियो।

जब उनको मद्दत गर्न मानिसहरु पुगे तब देखे कि जेनिची कारभित्र विष फैलिएका कारण मरिसको थिए र वूलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो। वूको शरीरमा यति विषय थियो कि उनको अस्पतालमा दुई हप्तासम्म उपचार चल्यो।

प्रेमीको मृत्युपछि वूले शासकमाथि लगाएकी थिइन् हत्याको आरोप
उपचारका बेला वू इन निको हुने प्रक्रियामा हुँदा उनलाई जेनिचीको मृत्युबारे बताइयो। जेनिचीको मृत्युको खबरले उनी विक्षिप्त बनिन्। उत्तर कोरियाली प्रहरीले उनीसँग घटनाबारे जानकारी लिँदा सोधपुछमा उनले शासक किम जोङ इललाई हत्यारा बताइन्।

साथै उनले यसको कारण बताउँदै उनी शासकसँग सम्बन्धमा भएको कुरा पनि सार्वजनिक गरिदिइन्।

६ हजार जनाको अगाडि दिइयो मृत्युदण्ड
शासक किम जोङ इलविरुद्ध बोलेकोमा वूलाई मृत्युदण्डको सजाय सुनाइयो। सन् १९८१ मा सुरुमा वू इनलाई बन्दी बनाइयो। बन्दी बनाइएको अवस्थामा एक दिन उनलाई ‘तिमी स्वतन्त्र भयौ, घर जान सक्छौ’ भनेर बताइयो तर सैनिकले उनलाई काङ कोन मिलिट्री एकेडेमी लगे जहाँ उनको मृत्युको तयारी गरिएको थियो र ६ हजार जनाको भीड जम्मा गरिएको थियो।

यो भीडामा वू इनका श्रीमान् यो होसुन पनि थिए जसलाई जबरजस्ती त्यहाँ ल्याइएको थियो।

पहिला वू इनलाई एउटा पोलमा बाँधियो र त्यसपछि १२ सैनिकले उनीमाथि एके–४७ ले १०–१० गोली चलाए। १२० गोली लागेपछि वूको शरीर चाल्नोजस्तो भइसकेको थियो र अनुहार पनि हेर्न लायक थिएन। मृत्युदण्ड दिँदा वू इन ३५–४० वर्षकी थिइन् होला।

– दैनिक भास्करबाटसाभार



प्रतिक्रिया दिनुहोस्

Screenshot