Logo

यसरी मनाईयो सर्लाहीमा माघी महोत्सव



बखतियार अलि/सर्लाही पुस ३०। सर्लाहीको चन्द्रनगर गाउँपालिका वाड नं, ३, गेरुका टोलमा थारु तिला संक्रान्ति माघी महोत्सव २०७९ विभिन्न कार्यक्रमकाे आयोजना गरि धुमधामका साथ सुरु भएको छ ।

‘‘नेपालके आदिवासी जनजाति के सान, थारु कला सँस्कृति हमर पहिचान’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले उद्घघाटन गरेकाे थियाे ।

थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति सर्लाहीका सभापति सूर्यनारायण चौधरीको अध्यक्षतामा आयोजित महोत्सव उद्घघाटन समारोहमा प्रदेशसभा सदस्यद्वय उर्मिलादेवी सिंह र उपेन्द्र महतो विशिष्ठ अतिथिकाे रूपमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गीतादेवी महतो, ईश्वरपुर नगरपालिकाकी उपमेयर रन्जितादेवी चौधरी, घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्ता लगायतको आतिथ्यतामा कार्यक्रम संचालन भएकाे थियाे ।

घरेलु तथा साना उद्योग कार्यालय मलंगवाको सहयोगमा भएकाे महोत्सव उद्घाटन समारोहमा थारु जातिको भेषभुषा झल्किन झाँकी सहित कलाकारहरूले नृत्य प्रस्तुत गरि महोत्सव कार्यक्रममा थप आकर्षक बढेकाे थियाे ।

थारु समुदायकाे चर्चित पर्व माघीको अवसरमा नृत्यकला प्रतियोगिताकाे आयोजना समेत गरिएको थियाे । थारु समुदायकाे भेषभुषा प्रभात फेरि गरि मंचकाे कार्यक्रम शुरू भएकाे कार्यक्रमका संचालक पत्रकार राकेश गुप्ताले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot