काठमाडौं, ३० पुष । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न लामिछाने आज साँझ बालुवाटारमा पुगेका हुन् ।
सो क्रममा उनीहरुबीच मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको हो । आज विहानमात्रै प्रधानमन्त्री दाहालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए । तर, विश्वासको मत प्राप्त गरेको आज चार दिन बितिसकेको छ । अब ढिलाई गर्न नहुने सत्ता गठबन्धनमा समझदारी छ ।