नेपालगञ्ज, माघ १ । नेपालगञ्जमा हरेक महिना ६ देखि ११ गतेसम्म दादुराको खोप लगाइन्छ । दादुराको खोप बच्चालाई दुईपटक लगाउनुपर्छ, ९ महिना २१५ महिनामा । यो अवधिमा छुटेका बच्चालाई ५ वर्षभित्रमा खोप लगाइन्छ। नेपालगञ्जलाई गत वर्ष नै पूर्णखोप सुनिश्चित घोषणा गरिसकिएको छ। यहाँको खोपको कभरेज ९७ प्रतिशतबढी छ ।
सरकारी निकायको यो झन्डै शतप्रतिशत कभरेजलाई अहिले देखिएको दादुरा संक्रमणले ुकागजी कभरेजु का रूपमा पुष्टि गरेको छ । किनकि, त्यही सरकारी निकायले अहिले देखिएका दादुराका संक्रमितले नियमित खोप नलगाएको बताइरहेका छन् ।
एकातिर ९७ प्रतिशत कभरेज देखाएर पूर्ण खोप घोषणा गर्ने अर्कोतिर खोप नलगाएका व्यक्तिमा दादुरा संक्रमण देखिएको पुष्टि गर्ने सरकारी अधिकारीको भनाइले खोपको कभरेजमा ठूलो प्रश्न उब्जिएको छ ।
सरकारी निकायले निर्धारण गर्ने लक्ष्य र कभरेज प्रतिशत पनि नमिलेको देखिएको छ । जस्तै, नेपालगञ्ज ५ मा १ हजार ४ सय ७४ जना लक्षित गरिएको छ। पुस २२ गतेदेखि २९ गतेसम्ममा यो वडामा १ हजार ६ सय ५७ जनाले खोप लगाइसकेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।