Logo

कांग्रेसको समर्थनले जिम्मेवारी बढायो



काठमाडौं, माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदा नेपाली कांग्रेसको समेत समर्थन प्राप्त गरेपछि आफ्नो जिम्मेवारी बढेको बताएका छन् ।

‘सात दलको समर्थन लिएर राष्ट्रपतिकहाँ जाँदा नेपाली कांग्रेसले भोट हाल्ने भन्ने थिएन,’ प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार दिउँसो सम्पादकहरूसँगको भेटमा दाहालले भने, ‘कांग्रेसले समर्थनमा भोट हालेपछि मेरो पनि जिम्मेवारी हुन्छ ।’

‘एक खालको सहमति जस्तो त भयो, त्यसले जनतामा आशा, जिज्ञासा पनि जन्माएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘हामीले कसरी जाने भनेर भन्दा पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायत पदमा सहमतिको वातावरण बनाउनेतर्फ कोसिस गर्छौं ।’

प्रधानमन्त्री दाहालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखबारे कसैसँग पनि सहमति गरिनसकेको बताए । प्रधानमन्त्री नियुक्तिमा सात पार्टीले समर्थन दिएको भए पनि विश्वासको मतपछि सबैलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने आवश्यकताबारे उनले चर्चा गरे । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot