Logo

पाइलट कमल केसीले उडाएको थिए यतीको दुर्घटनाग्रस्त जहाज



काठमाडौं, १ माघ । यती एयरको जहाज दुर्घटनामा परेको छ । बिहान १०ः३५ बजे काठमाडौंबाट पोखराका लागि उडेको ९एन–एनसी एटीआर७२ जहाज दुर्घटना भएको हो ।

जहाजका क्याप्टेन कमल केसी थिए भने कोपाइलट अन्जु खतिवडा थिइन् । एस हुन्चु र ओए मगर परिचारिका थिए । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार रहेको कास्की प्रहरीले जनाएको छ । दुर्घटनाको मानवीय क्षतिको विवरण भने आउन बाँकी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot