काठमाडौं, १ माघ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भैरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भर्खरे भेटवार्ता सुरु भएको हो ।
उनीहरुको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने बताईएको छ। यसको साथै, सभामुख, राष्ट्रपति, उपरराष्ट्रपतिको निर्वाचनबारे पनि उनीहरुले छलफल गर्ने जनाईएको छ । प्रधानमन्त्री दाहालले आजै साँझ मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए ।
तर, आज विहान पोखरामा यति एयरलाईन्सको विमान दुर्घटनामा परी ७२ जनाको निधन भएकोले प्रधानमन्त्री दाहाल यो कदमबाट ब्याक भएका हुन् । भोलि शोक विदा पनि दिईएको छ ।