Logo

चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौं, २ माघ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ (Chen Song) र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार सोमबार विहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र राजदूत छन सोङबीच भेटवार्ता भएको हो । भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्रीलाई बधाई, नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरणका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं साथमा रहने चिनियाँ राजदूतले बताए ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागी धन्यवाद भन्दै आफ्नो तर्फबाट रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot