Logo

प्रधानमन्त्री प्रचण्ड अझै बालकोटमा



काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । सोमबार विहान करिब साढे ९ बजे ओली भेट्न प्रचण्ड बालकोट पुगेका हुन् । ओली–प्रचण्ड ५ घण्टादेखि निरन्तर छलफलमा छन् ।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुखको निर्वाचन र प्रदेश सरकारहरुका बारेमा छलफल भइरहेको बताइएको छ ।मन्त्रिपरिषद् विस्तारको काम आज टुंग्याउने तयारी रहेको बताइएको छ । गत पुष १० मा प्रधानमन्त्री बनेका प्रचण्डले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा गठबन्धनका दलबीच शंकाको वातावरण सिर्जना भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot