Logo

राप्रपाले पायो ३ मन्त्रालय, राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बन्ने निश्चित्



काठमाडौं, २ माघ । राप्रपा सरकारमा सहभागी हुने भएको छ। आज सत्ता गठबन्धनमा भएको मन्त्रालय भागबण्डाको सहमतिअनुसार राप्रपाले तीन वटा मन्त्रालय पाएको छ । जसअनुसार राप्रपाले उर्जा, शहरी विकास र खेलकुद मन्त्रालय पाएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बन्ने निश्चित् भएको छ । शहरी र खेलकुद मन्त्री कसलाई बनाउने भन्नेबारे भोलि टुँगो लगाउने राप्रपा उच्च स्रोतको दाबी छ । नयाँ सहमतिअनुसार एमालेले ८ मन्त्रालय पाएको छ। माओवादीले ४, रास्वपाले तीन, राप्रपाले ३, जसपाले २ र जनमत पार्टीले १ मन्त्रालय पाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । नयाँ मन्त्रीहरुको शपथ भोलि दिउँसो १ बजेको लागि राखिएको छ।



प्रतिक्रिया दिनुहोस्