काठमाडौं, माघ ३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
नयाँ समिकरण अनुसार राप्रपा सरकारमा सहभागी हुने भएको छ। सोमबार राती सत्ता गठबन्धनमा भएको मन्त्रालय भागबण्डाको सहमतिअनुसार राप्रपाले तीन वटा मन्त्रालय पाएको छ । जसअनुसार राप्रपाले उर्जा, शहरी विकास र खेलकुद मन्त्रालय पाएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बन्ने निश्चित् भएको छ । शहरी र खेलकुद मन्त्री कसलाई बनाउने भन्नेबारे आज टुँगो लगाउने राप्रपा उच्च स्रोतको दाबी छ । नयाँ सहमतिअनुसार एमालेले ८ मन्त्रालय पाएको छ।
माओवादीले ४, रास्वपाले तीन, राप्रपाले ३, जसपाले २ र जनमत पार्टीले १ मन्त्रालय पाएको छ। जनता समाजवादी पार्टी नेपाल भने सरकारमा सहभागी नहुने भएको छ ।
मन्त्रालय बाँडफाँडमा अपमान गरिएको र निर्णय पुर्नविचार नभए सरकारकारमा सहमाभगी नहुने जसपाको तयारी छ । जसपाले आफूहरुलाई सबैले छोडेको मन्त्रालय दिएकोले भन्दै सरकारमा नजाने निर्णय गरेको छ । जसपाको भागमा वन र ज्येष्ठ नागरिक मन्त्रालय परेको चर्चा छ ।