Logo

‘यो गठबन्धनको जनक नै उपेन्द्र यादव हो, जसपाबिनाको सरकार कसरी पूर्ण हुन्छ ?’



काठमाडौं, ३ माघ । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीष सुमनले आफ्नो पार्टीबिनाको सरकार पूर्ण हुन नसक्ने बताएका छन् ।
‘यो गठबन्धनको जनक उपेन्द्र यादव हो । हामीले पुरानो गठबन्धन छाडेपछि बनेको गठबन्धनमा माओवादी केन्द्र लगायत अन्य पार्टी जोडिएका हुन् । जसपाबिनाको सरकारलाई कसरी पूर्ण मान्ने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सुमनले भने ।
उपेन्द्र यादवले नै गठबन्धनले बचेखुचेका मन्त्रालय दियो भनेर असन्तुष्टि व्यक्त गर्नुभएको छ नि भन्ने प्रश्नमा उनले थपे, ज’सपा भनेको नीति, सिद्धान्तका आधारमा चल्ने पार्टी हो । त्यसैले हामीले न्यूनतम साझा कार्यक्रम र शक्तिको बाँडफाँटमा सामीप्य खोज्यौं । तर शक्तिको बाँडफाँटमा सहमति हुन सकेन । जसपाले सरकारलाई समर्थन गरिसकेको छ । सरकारमा नजाने कुरै छैन । तर मन्त्री भएर सरकारमा सामेल हुने कुरामा पार्टीभित्र थप निर्णय गर्नुपर्ने देखियो ।’
आज काठमाडौंमा उपलब्ध पार्टी नेताहरुको बैठकमा यसबारे छलफल हुने उनले बताए । सुमनले भने, ‘आज दिउँसो एक बजेभन्दा पहिले हामी सम्माननीय प्रधानमन्त्रीसँग सल्लाह गरेर सरकारमा जाने वा नजाने निधो गर्छौंं । तर हामीले यही पद, त्यही पद चाहिन्छ भनेका छैनौं । हामी सरकारमा गए पनि नगए पनि आम जनताको अपेक्षाअनुसार डेलिभरी गर्नुपर्छ ।’ सत्ता गठबन्धनले जसपालाई वन र महिला बालबालिका दिने निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्