Logo

माओवादीबाट तीन जना मन्त्री बन्दै



काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीसहित पाँच मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । साथै, माओवादीले एक राज्यमन्त्री पनि पाउने बताइएको छ ।

माओवादीबाट आज अमनलाल मोदी मन्त्री बन्दैछन् । उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने बताइएको छ । मोदी मोरङ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

त्यसैगरी, भोजपुरबाट निर्वाचित सुदन किराँतीलाई संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । किराँती तीन पटकसम्म निर्वाचित सांसद भएर पनि मन्त्री बनेका थिएनन् । सञ्चारमन्त्रीमा रेखा शर्माको नाम निश्चित भइसकेको छ। राज्यमन्त्री बारेमा अहिलेसम्म टुंगो नलागेको बताइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot