Logo

यमनको अर्थतन्त्रमा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह



संयुक्त राष्ट्रसङ्घ , ३ माघ । संयुक्त राष्ट्रसङ्घले यमनको अर्थतन्त्रमा सहयोग पु¥याउन सबै विदेशी दाता तथा राष्ट्रहरुसँग आग्रह गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय सहायता सम्बन्धी संयोजक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव मार्टिन ग्रिफिथले सो आग्रह गरेको हो ।

उनले सोमबार विश्वका देशहरुलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ । उनले भने– म विश्व समुदायलाई हाल यमनको अर्थतन्त्रको प्रवद्र्धनका लागि गरिरहेको सहयोगमा कम्तीमा पनि दोब्बर गर्नका लागि आग्रह गर्दछु ।

युद्धग्रस्त यस देशको अर्थतन्त्र प्रतिदिन निकै कमजोर हुदै गएकाले यसका लागि सहयोग गर्न उहाँले सो आग्रह गरेको हो । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको सोमबारको बैठकमा उनले सो आग्रह गरेको बताएका छन् ।

यस सन् २०२३ यमनका लागि निकै कठिन वर्ष हुन सक्ने खतरा रहेको पनि उनले बताएका छन् । यहाँको अर्थतन्त्र कमजोर हुदै गएकाले यो वर्ष यमनका लागि खतरा हुनसक्ने उनको भनाई छ ।

यहाँ मानवीय सहायताको खाँचो झन् बढ्दै गएको देखिएको र सन् २०२३ मा मात्र २ करोड १६ लाख नागरिकलाई यसको खाँचो पर्न जाने पनि उनले बताएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot