Logo

यती विमान दुर्घटनाः पहिचान खुल्न नसकेका शव काठमाडौं ल्याइयो



काठमाडौं, ३ माघ । यती एयरको विमान दुर्घटनामा निधन भएकाहरुको पहिचान हुन नसकेका शव काठमाडौं ल्याइएको छ । गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान दुर्घटनामा भएको थियो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार रहेका थिए ।

दुर्घटनामा निधन भएकाहरुको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको थियो । पहिचान भएका शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने पहिचान हुन बाँकी नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याइएको शवहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिने बताइएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot