काठमाडौं, ३ माघ । जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खान अझै पनि मन्त्रालयविहीन भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
तर, उक्त विस्तारित मन्त्रिपरिषद्मा जनमत पार्टीबाट पुष ११ गते नै मन्त्रीको पद तथा गोपनियताको सपथ खाएका खानको मन्त्रालय भने अझै तोकिएको छैन् ।
सुरुमा खान उद्योग वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व गर्नेगरि सरकारमा सहभागी भएका थिए ।
तर, आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदापनि खानलाई भने जिम्मेवारी तोकिएको अहिलेसम्म खुलेको छैन् ।