काठमाडौं, ३ माघ । नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपतिको कार्यालय शितलनिवासमा पद तथा गोपनियताको सपथलगत्तै सिंहदरबारस्थित् मन्त्रालय पुगेर मन्त्री पौडेलले दभार ग्रहण गरेकी हुन् । सो क्रममा उनले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको सुनाईन् ।
मन्त्री पौडेलले आफ्नो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य रहने पनि बताईन् । उनले तेस्रो प्राथमिकतामा नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहज पहुँच बनाउने आफ्नो अर्को मुख्य प्राथमिकता रहेको पनि सुनाईन् ।
उनले भनिन्, ‘नेपालको राजदूतावासमा मेरो देशका मान्छे आउँदा घरजस्तो फिल गर्नुपर्छ । बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महसुस गर्नुपर्छ । हाम्रो दूतावावासमा नेपालीहरुलाई सहज पहुँच गराउन प्रयास गर्नेछु ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम