Logo

जसपा वन र खेलकुद मन्त्रालय लिएर सरकारमा जाला त ?



काठमाडौं, ३ माघ । जनता समाजवादी पार्टी, नेपाल राम्रो मन्त्रालय नपाएको कारण आज सरकारमा नगएको चर्चा छ । अध्यक्ष उपेन्द्र यादवले हिजो मन्त्रालयको भागबण्डाको सहमतिको लागि बालुवाटारमा बसेको बैठकमा नै आफूहरुलाई अपमान गरिएको गुनासो गरेका थिए । यादवले आफूलाई सबैले छाडेको मन्त्रालय दिईएकोले सरकारमा सहभागी नभएको दाबी गरेका छन् ।

उनले आजसम्म सरकारलाई दिएको विश्वासको मत कायमै रहेपनि भोलिबाट रहन नसक्ने पनि टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले वन तथा खेलकुद मन्त्रालय आँफैसँग राखेका छन् । जसपा अब बाँकी रहेका यी दुई मन्त्रालयमा सहभागी होला त ? अहिले यो विषय चर्चामा आएको छ । खासगरी जसपा सरकारमा सहभागी हुने तयारीमा थियो ।

मन्त्रालयमा पनि यादवको चित्त दुःखाई नभएको चर्चा छ । तर, यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिनुपर्ने अडान लिएपछि कुरा नमिलेको बालुवाटारको बैठकमा सहभागी एक नेताको दाबी छ । यादवले सुरुदेखि नै प्रधानमन्त्री दाहालसँग उपराष्ट्रपतिको लागि लविङ गरिरहेका छन् ।

जसपाबाट पूराना र नयाँलाई समेटेर सरकारमा पठाउने चर्चा थियो । आज/भोलिभित्रै प्रधानमन्त्री दाहालले जसपालाई उपराष्ट्रपति दिन सहमति जनाए जसपाबाट बाँकी रहेका दुई वटा मन्त्रालयमा सहभागी हुनेछ । file photo



प्रतिक्रिया दिनुहोस्