Logo

बागमतीका मुख्यमन्त्री जमकटेलले पाए विश्वासको मत



काठमाडौं, ३ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले विश्वासको मत पाएका छन् । कूल ११० सदस्यीय प्रदेश सभामा उनले १०५ सांसदको मत पाएका छन् ।

मुख्यमन्त्रीको पक्षमा १०५ मत र विपक्षमा ३ मत खसेको प्रदेशसभाका सभामुख भुवन पाठकले बताए । एक सांसद अनुपस्थित थिए । जमकटेललाई प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलेसमेत विश्वासको मत दिएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने छ दलमध्ये पाँच दलले विश्वासको मत दिएको हो । नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot