Logo

राजधानीमै जटिल दुर्घटना, संघर्षपूर्ण उद्धार कार्य



पोखरा, माघ ४ । पर्यटकीय तथा गण्डकी प्रदेशको राजधानीमा विमान दुर्घटना हुँदा ७० जनाको मृत्यु तथा एकको अवस्था अज्ञात छ । माघ १ गते दुर्घटना भए पनि उद्धार कार्य भने तीन दिनसम्म निरन्तर चलिरहेको छ ।

पोखरा महानगरपालिका वडा ७ र १५ को सिमाना छुट्याएको सेती खोंचमा बिहान १० बजेर ५० मिनेटमा जहाज दुर्घटना भयो । दुर्घटनापश्चात विमानमा आगलागी भयो । आगलागी भएको करिब एक डेढ घण्टा सुरक्षाकर्मी कसरी आगो निभाउने भन्ने दोधारमा परे । पोखरा ७ तर्फबाट शुरूमा दमकल लगियो । त्यहाँबाट त्यति सम्भव नभएपछि दमकल कुद्दै सेती पारी पुगी फोहोरा हान्न थाल्यो । खोँचको कप्चेरामा परेकाले आगो नियन्त्रणमा लिन समेत समय लाग्यो ।

पहिलो दिन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल पुलिसको संयुक्त प्रयासमा ६२ शव अस्पताल लगियो । दोस्रो दिन ८ शव अस्पताल लगिएको छ । हालसम्म ७१ शव अस्पताल लगे पनि ७० नम्बरको शवको अवस्था भने फरक छ । क्षतविक्षत अवस्थामा रहेको उक्त शव हराएका तीनै जनाको समेत हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीले घटनालगत्तै घटनास्थलमा पुगे पनि उद्धार गर्न भने केही ढिलाइ भएको बताए। आगो दनकिएर बलेका कारण नजिक जान नसक्दा समयमै उद्धार गर्न नसकिएको उनको भनाइ थियो ।

करिब डेढसय देखी दुई सय मिटरको खोँचमा विमान खसेको हो । घटनास्थल कस्तो छ भने लगभग लगभग दुई सय मिटर सेतीको खोँचको तल जहाज बज्रिएर टुक्राटुक्रा भएको अवस्थामा आगोको मुस्लो निस्किएको र धूवाँ नै धूवाँ भएको अवस्था थियो । आगो निभाउन नै हामीलाई हम्मेहम्मे पर्ने अवस्था भयो । डेढ घण्टाजति हामी त्यसै अलमलमा परेका थियौं’, उनले भने– ‘त्यहाँ दमकल जान सक्ने स्थिति नै थिएन । समस्या थियो । मुस्किलको ठाउँ थियो ।’

‘पहिलो दिन हामीले ६३ वटा लास अस्पताल लग्यौं । दोस्रो दिनमा बिहान ६ बजेदेखि नै खोज तथा उद्धारको काम गरेका थियौं त्यो दिन चाहिँ हामीले सात वटा शव ल्याएर ७० वटा पु¥यायौं । उनले भने– ‘७० नम्बरको लासको चाहिँ के हो भन्दा त्यो ठाउँमा अलि छरिएको अवस्थामा लास थियो । एकै ठाउँमा थिएन ।

अलि टाढा टाढा तिन वटा पार्टहरू भेटिएको छ । त्यो पार्ट एकै व्यक्तिको हो या तिन जनाको हो थाहा छैन तर पनि हामीले खोजको काम जारी राखेका छौं । हिजो एउटा ड्रोन प्रयोग गरेका थियौं भने आज चार वटा ड्रोनको प्रयोग गरेका छौं ।’ खोजतलासको क्रममा मंगलबार बेलुका अबेर थप एक जनाको शव भेटिएको छ । दुर्घटनास्थलबाट करिव एक किलोमिटर तल भेटिएको उक्त शव विमान दुर्घटनामै मृत्यु भएकाको हो वा अन्य भन्नेबारे खुल्न सकेको छैन् ।

यता कालिका गणका प्रमुख विजय केसीले उद्धार कार्य निकै कठिन रहेको बताए । ‘हामीले घटना भएको थाहा पाएको १० मिनेटभित्र दुर्घटनास्थलमा पुगेका थियौं । हामी मात्रै होइनौं नेपाली सेना र नेपाल पलिसको टोलीसमेत पुगेको थियो ।

हामीसँग जति स्रोत साधन थियो त्यसले काम गरेकै हो’, उहाँले भन्नुभयो– ‘हामीसंग सीमित स्रोत साधन थियो । नेपाली सेनाको पनि उत्तिकै थियो र हामीलाई रेडक्रसले पनि सहयोग गरेको थियो । शुरूमा आगो बलिरहेको थियो त्यहाँ जाने स्थिति नै थिएन ।’ नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot