Logo

मलेसियाको बातुपहाड,जोहोर र केएलमा चाईनिज नयाँ बर्षमा रिमिक्स धमाका हुँदै



क्वालालम्पुर, माघ ४ । अंग्रेजी नयाँ बर्ष र मलेसियामा परेको चाइनिज नयाँ बर्ष (चाइनिज न्यु इयर) को अवसरमा सार्वजनिक विदाको सदुपयोग गर्दै ‘रिमिक्स धमाका-१४’ सांगीतिक कार्यक्रम मलेसियामा भब्य रुपमा आयोजना हुने भएको छ ।
जिरो माइलको प्रमुख आयोजनामा ‘रिमिक्स धमाका’ कार्यक्रम जनवरी २२ तारिख आइतबार , २३ तारिख सोमबार र २४ तारिख मंगलबारको दिन मलेसियाको विभिन्न मुख्य-मुख्य शहरहरुमा आयोजना हुन गैइरहेको कार्यक्रमका संयोजक राजेश श्रेष्ठले बताए ।

रिमिक्स धमाका मलेसियामा हरेक बर्ष आयोजना हुँदै आएको मनोरन्जनात्मक कार्यक्रम हो, जसमा नेपालबाट विभिन्न क्षेत्रका ख्यातिप्राप्त नेपाली कलाकारहरुको उपस्थिति रहने गर्दछ । यस बर्षको १४ औ संस्करणको रिमिक्स धमाका जनवरी २२ मा बातुपहाडको एसकेजे चाइनिज स्कुलमा, जनवरी २३ मा चेमरल्याङ जेबिको जोहोरमा र जनवरी २४ तारिखमा क्वालालाम्पुरस्थित होटल ग्र्याण्ड कन्टिनेन्टलमा आयोजना हुने संयोजक श्रेष्ठले बताए

कार्यक्रममा ख्यातीप्राप्त गायक/गायीकाहरु आनन्द कार्की, खेम सेञ्चुरी ,प्रीति आलेमगर र भ्वाईस अफ किड्सका बिजेता जेनिस उप्रेती तथा डान्सर अन्जली अधिकारी,प्रिती पासवान र विभिन्न १५० भन्दा बढी चराचुरुंगी तथा जनावरहरुको आवाज निकाल्ने कलाकार रमेश दुलाल कागेलगायत कलाकारहरुको धमाकेदार प्रस्तुती रहने संयोजक श्रेष्ठले बताए ।

मलेसियामा रहेका नेपाली श्रमिक तथा विभिन्न पेशा व्यवसायमा संलग्न नेपालीहरुलाई मनोरञ्जनसँगै भेटघाट र सुखदुःख साटासाटको अवसर जुटाउन तथा नेपाली कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन रिमिक्स धमाका कार्यक्रम गर्दै आएको आयोजक श्रेस्ठले दावी गरे ।

रिमिक्स धमाका कार्यक्रमको टिकट प्रभु पेमार्फत पनि किन्न सकिने जानकारी दिदै संयोजक श्रेष्ठले मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गरे ।

साथै यस पटकको रिमिक्स धमाका सांगीतिक कार्यक्रममा इन्टरनेशनल सोसियल अवार्डको कार्यक्रम पनि रहने संयोजक श्रेष्ठले बताए । उक्त कार्यक्रम जनवरि २४ मा होटल ग्रान्ड कंटिनेन्टलमा रिमिक्स धमाकासँगै हुनेछ । उक्त कार्यक्रममा लागी नेपाल,युएई,कम्बोडिया लगाएत बिभिन्न देशबाट दर्जनौ अतिथी आउने आयोजकले बताएका छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot