काठमाडौं, माघ ४ । आज जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको बैठकमा सभामुखको निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको निष्कर्ष निकालेको थियो ।
मन्त्रालय बाँडफाँडमा अपमान गरिएको र निर्णय पुर्नविचार नभए सरकारकारमा सहमाभगी नहुने जसपाको तयारी छ । जसपाले आफूहरुलाई सबैले छोडेको मन्त्रालय दिएकोले भन्दै सरकारमा नजाने निर्णय गरेको छ । जसपाको भागमा वन र युवा तथा खेलकुद मन्त्रालय मन्त्रालय परेको चर्चा छ ।