काठमाडौं, माघ ४ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार बिहान सुमेरु अस्पताल पुगेका छन्।
एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले सुमेरु पुगेर पूर्वमन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
पुस ३० गते रोल्पा पुगेका पुनलाई एक्कासि स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।
यसअघि मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनलाई भेटेका थिए।