काठमाडौं, ४ माघ । प्रतिनिधि सभाको सभामुखमा एमालेबाट देवराज घिमिरेले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन्।
झापा-२ बाट निर्वाचित घिमिरेलाई सत्ता साझेदार दलकोतर्फबाट सभामुखको उम्मेदवार बनाइएको हो।
घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन्।
संघीय संसद् सचिवालयले सभामुख चयनको कार्यतालिकाअनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ।