Logo

जित निश्चित छ, सभामुखको प्रभावकारी भूमिका निर्वाह गर्छु– देवराज घिमिरे (भिडियोसहित)



काठमाडौं, ४ माघ । नेकपा (एमाले) सहितको सत्ता गठबन्धनबाट सभामुखको साझा उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका देवराज घिमिरेले प्रतिनिधि सभाबाट विजयी भएपछि सभामुखले खेल्ने भूमिकामा कुनै कमी नआउने बताएका छन् ।

सभामुख पदमा उम्मेदवारी दर्ता गराएरपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिँदै उनले आफू कुनै राजनीतिक दलबाट भन्दा पनि सांसदहरुको समर्थनमा सभामुख बन्ने भएकाले सभामुखले खेल्ने भूमिकामा कुनै कमी आउन नदिने बताएका हुन् ।

‘एउटा दलबाट विजय हुने होइन । प्रतिनिधि सभाबाट विजयी हुने हो । विजयी भएपछि एउटा सभामुखले खेल्ने भूमिका कम हुन दिन्न ’उनले भने ।

साथै, आफ्नो विषय सुनिश्चित भएको पनि उनले बताए । आफू विगतबाट शिक्षा लिएर आगामी दिनमा प्रभावकारी भूमिका निर्वाह गरी अगाडि बढ्ने पनि बताए । ‘म जिम्मेवारीमा पुग्ने निश्चित छ। हिजोका शिक्षाबाट अघि बढ्छु। तटस्थ रहेर चलाउँछु,’ उनले भने । Photo and Video By : Mukunda kalikote

 



प्रतिक्रिया दिनुहोस्

Screenshot