Logo

प्रतिनिधिसभाको अर्को बैठक माघ ७ गते, उपसभामुखको निर्वाचन हुने



काठमाडौं, ५ माघ । प्रतिनिनिधिसभाको अर्को बैठक माघ ७ गते बस्ने भएको छ ।

आजको बैठकले सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित गरेको छ ।

संसद् सचिवालयले जनाएअनुसार अर्को बैठक अब माघ ७ गते शनिबार दिउँसो १ बजे बस्नेछ ।

सो बैठकमा उपसभामुखको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

सत्ता गठबन्धनमा उपसभामुख रास्वपाको भागमा परेको छ ।

रास्वपाबाट उपसभामुखमा सोबता गौतमलाई उम्मेदवार बनाउने निर्णय भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्