काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखको निर्वाचनमा सत्ता पक्ष एक ठाउँमा उभिएझैं उपसभामुखमा पनि एक ठाउँमा उभिने बताए । तर, राष्ट्रपतिको निर्वाचनमा भने समझदारी खोजिने आफ्नो चाहना रहेको उनको भनाई छ ।
संसद् भवनबाट बाहिरिने क्रममा मिडियासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले भने,‘सभामुखको निर्वाचन भयो । उपसभामुखको निर्वाचन पनि यसैगरी हुन्छ, राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले पनि एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो । हामी प्रयास गरिरहेका छौं ।’ file photo