Logo

नारायणीमा फोहोर नफाल्न सर्वोच्चको आदेश



चितवन, माघ ६ । चितवन महोत्सव गर्नका लागि नारायणी नदी किनारमा फोहोर हालेर खाल्टो पुरेपछि परेको मुद्दामा सर्वोच्च अदालतले प्लास्टिक र मलमूत्रजन्य फोहोर तुरुन्त निकाल्न अन्तरिम आदेश दिएको छ ।

नदी किनारको खाल्डोमा फोहोर हालेर पुरेपछि त्यसको चर्को विरोध भएको थियो । त्यति बेला विरोध भए पनि महोत्सव आयोजना भएर सम्पन्न भएको छ । अहिले सो स्थानमा खाल्डो पुरेर सामान्य बनाइएको छ ।

फोहोरले नदी प्रदूषणका साथै त्यहाँ रहेका जलचर प्राणीलाई असर पर्ने, मानवलाई प्रत्यक्ष–अप्रत्यक्ष असर पर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले दिएको आदेशमा नदी किनारमा फोहोर नफाल्नसमेत भनिएको छ । १४औँ संस्करणको चितवन महोत्सव सकिएकै दिन बुधबार सर्वोच्चको लिखित आदेश सार्वजनिक भएको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्