काठमाडौं, ६ माघ । प्रतिनिधि सभाको उपसभामुखका लागि २ जनाको मात्रै उम्मेदवारी परेको छ।
उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार अन्तिम समयसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएको संसद् सचिवालयले जनाएको छ।
इन्दिराको प्रस्तावकमा स्वतन्त्र पार्टीकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन्।
त्यस्तै, यादवको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन्।
उपसभामुखको चयन शनिबार दिउँसो १ बजे हुँदैछ।