Logo

एमालेले विकास र समृद्धिको नेतृत्व गर्छ : महेश बस्नेत



काठमाडौं, ६ माघ । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेका जनप्रतिनिधि तथा नेताहरुले जनता र तीनवटै तहको बीचमा पुलको भूमिका निर्वाह गरी विकास र समृद्धिको नेतृत्व गर्ने बताएका छन् ।

मानवीय आस्था नेपालको सातौं वार्षिक साधारणसभा, निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा सीपमुलक तालिम प्राप्त व्यक्तिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता बस्नेतले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा मात्र नभई एमालेले सरकार र जनताको दुरीलाई सँगसँगै लैजाने उद्घोष गरे ।

भक्तपुरका जनताको जस्तोसुकै दुःख सुखमा सँगै हुने उल्लेख गर्दै उनले भक्तपुरवासी जनतालाई जनप्रतिनिधि बिहिन भएको महशुस हुन नदिने प्रतिवद्धता जनाए ।

कांग्रेस, नेमकिपालगातका दलहरुले जिल्लाको नेतृत्व गर्दा जनताको पक्षमा कुनै पनि कार्य गर्न नसकेको प्रति संकेत गर्दै उहाँले एमाले र एमालेको नेतृत्व जनताको घरदैलोमा नै हुने स्पष्ट पारे । भक्तपुरका जनताको माग, चाहना र आवश्यकता नै आफ्नो तथा एमालेको भएको उल्लेख गर्दै उनले एमाले जहिले पनि मानव सेवामुखी भएको उल्लेख गरे ।

मानवीय आस्था नेपालले जसरी मानव जातीको समस्या नै आफ्नो संस्थाको समस्या भए जसरी नै मानवीय सेवाको लागि हातहरु फैलाएको स्मरण गर्दै उनले एमाले पनि सोही सिद्धान्त अनुरुप नै चलिरहेको दावी गरे । मानवीय आस्थाले संकटको समयमा लिने र दिने पक्षलाई डाइरेक्ट कनेक्सन गराई दिएको स्मरण गर्दै उनले संस्थाले सेवाको भावमा कुनै पनि स्वार्थको कार्य नहुनुनै भक्तपुरवासी जनताको मन जित्नु भएको उल्लेख गरे । सामाजिक सेवाको कार्य गरेवापत एमालेले कुनै पनि जनतालाई भोट दिनुहोस् भनेर नभन्ने उल्लेख गर्दै उनले सामाजिक सेवाको भावनालाई अझ बढी विस्तृत गर्दै सामाजिक न्यायको पक्षमा काम गर्नुपर्ने उल्लेख गरे ।

उनले भने,‘मानवीय अस्था नेपालले २०७२ सालको महाभुकम्प, कोरोनालगायतका विपतको समयमा जसरी समस्यामा परेका जनतालाई सेवा गरी संकटबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको छ । त्यसको जति नै प्रशंसा गरे पनि कम हुन्छ । मानवीय आस्थाले जनताको विपतको सारथी मात्र नभई शिक्षा, स्थास्थ्य, वातावरण, सामाजिक सेवालागतयका क्षेत्रहरुमा समेत महत्वपूर्ण कार्यहरु गरेको छ । मानवीय आस्था नेपालले जसरी नै एमालेले पनि भक्तपुरका जनताको सेवा गरेको छ । विगतको पाँच वर्षमा भक्तपुरलाई तीन वटै तहको सरकार मिली विकासमा नमुना जिल्लाको रुपमा स्थापित गराउन सफल भएका छौं । आगामी दिनमा पनि भक्तपुरको विकास र समृद्धिको नेतृत्व एमालेले नै गर्नेछ । तीन वटै तहका सरकारसँग जनताको प्रत्यक्ष सहभागिता गराउने नेतृत्व एमालेको हो र त्यो निरन्तर कायम रहन्छ । भक्तपुबाट त्यसको नेतृत्व एमाले र मैले लिनेछु । एमाले जनताको दुःख सुखको सारथी हो । जनताको घरदैलोमा नै हुनेछ ।’



प्रतिक्रिया दिनुहोस्