Logo

मेयर बालेन र भण्डारीबीच फेसबुकमा दोहोरी



काठमाडौं, ७ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) शाह र कमेडी च्‍याम्पियनका निर्देशक तथा कार्यक्रम प्रस्तोता विशाल भण्डारीबीच फेसबुकमा दोहोरी चलेको छ।

प्रस्तोता भण्डारीले शुक्रबार काठमाडौं सभागृहमा नेवा: देय् दबू किपू नगर समितिले विरोध प्रदर्शन जथाभावी सडक बिस्तार बन्द गर्न आग्रह गर्दैगर्दा प्रदर्शन गरेको पोस्टरको तस्बिर फेसबुकमा राख्दै बालेन शाहलाई मेन्सन गरी ‘यसको उत्तर दिउँ ५ वर्ष चुट्किमा सकिन्छ। बिरोधीको आवाजलाई विकासको डाटाले दबाउन सकिन्छ। तर भत्काको बाहेक बनाको देखिन, भन्नेको संख्या बढी भईसको। साथी अब बनाम, भत्काउन पुग्यो। ? है अब बनाम पुग्यो भत्काउन।’लेखे।

त्यसपछि सुरु भयो मेयर बालेन र भण्डारीको दोहोरी।

भण्डारीको सो पोष्टमा कमेन्टमा मेयर बालेनले लेखे, ‘तिम्रो शो पैसाको भोटले जितिन्छ, तिमी पैसा कमाउन आको हौ, तिम्रो अस्तित्व पैसाबाहेक केही छैन, तिमीलाई जीवनमा पैसाबाहेक केही कमाउनु छैन, तिमीजस्तो बिकाउ मान्छेलाई जवाफ दिनु जरुरी छैन।’

उनको उक्त कमेन्टमा प्रस्तोता भण्डारीले फेरि लेखे, ‘अब ईश्वरले भन्नु त्यहीँ नै सत्य होला। सत्यलाई प्रश्न उठाउने हामी को? जसले प्रश्न उठाउछ, जसले हो की हैन भनेर भन्छ उ रक्षक अरु सबै भक्त हुनुमान।’

 

 

प्रस्तोता भण्डारीले २ घण्टापछि फेरि अर्को स्टाटस लेखे, ‘मैले प्रश्न सोधेको माफ पाउँ श्री ८ बालेन शाह। भत्काउनुबाहेक के बनाउनुभयो?’

उनको त्यो पोस्टमा पनि मेयर बालेनले कमेन्ट गरे। बालेनले लेखे,‘प्रश्न सोध्न पाइन्छ भाइ। काम गरिरहेको मान्छेलाई दारु खाएर राति राति दुःख दिन पाइँदैन। तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ? ’

उनको कमेन्टमा फेरि प्रस्तोता भण्डारीले कमेन्ट लेखे, ‘म तपाईंकै काठमाडौं ३२ नम्बर वडाको भोटर हुँ। त्यहाँ तपाईंले पा’को मत अन्तर याद होला नि।’

 

 

उनका यी कमेन्टहरुमा धेरैले आफ्नो टिप्पणी राखिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्