Logo

कांग्रेसलाई सूर्य थापाको प्रश्न : काशी जाने रसुवागढीको बाटो ?



काठमाडौं, माघ ८ । नेकपा (एमाले)का पोलिटब्यूरा सदस्य स्वं प्रतिनिधिसभा सदस्य सूर्य थापाले कांग्रेस नेताहरुलाई काशी जाने रसुवागढीको बाटो भन्दै कडा प्रश्न गरेका छन् । पछिल्लो समय राजनीतिमा देखिएको तथ्यहरु राख्दै थापाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रश्न गरेका हुन् ।

यस्तो छ थापाको कुरा

एक महिनामै यति धेरै उतारचढाव ?

१) पुष्पकमल दाहाल प्रचण्ड १६९ मतका साथ पुस १०गते प्रधानमन्त्री नियुक्त हुनुभयो।

२) उहाँले पुस २६ गते २६८ मत प्राप्त गरि विश्वासको मत प्राप्त गर्नुभयो, विपक्षमा २ मत रह्यो।

३) देवराज घिमिरे १६७ मत प्राप्त गरी माघ ५ गते सभामुखमा विजयी हुनुभयो। उहाँको विपक्षमा १०० मत रह्यो ।

४) इन्दिरा राना १६६ मत प्राप्त गरी माघ ७ गते विजयी हुनुभयो, उहाँको विपक्षमा ९७ मत रह्यो।

यसरी १, ३ र ४ नम्बरमा प्राप्त मत स्वभाविक छ, २ र ३ मतको अन्तर हुनु सामान्य र स्वभाविक हो। तर नम्बर २ मा थपिएको मतमा कैफियत रहेको स्पष्ट छ र अस्वभाविक पनि रहेको छ। त्यसमा इमान हुन्थ्यो भने त्यसपछि सभामुख र उपसभामुखकाे निर्वाचनमा किन निरन्तर भएन ?

काङ्ग्रेस नेतृत्वको गठबन्धनमा १०० र ९७ मत मात्रै बाँकी रहेको तथ्य पटकपटक स्पष्ट भइसकेका छन्। अब अझै खेल्न खोजेर कहाँ पुग्ने हो र ?

अझै किन नजर राष्ट्रपतिमा केन्द्रित भएको छ? राष्ट्रिय सहमति कुनै पद हत्याउने अस्त्र हो र ? एक महिनामै काङ्ग्रेसमा देखिएको यतिधेरै उतारचढावले कस्तो तस्बिर देखिएको छ नि ? बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादले यस्तो चालामाला देखेको भए के भन्नुहुन्थ्यो होला?

काशी जाने रसुवागढीको बाटो !



प्रतिक्रिया दिनुहोस्