Logo

एमाले अनुकूलको राष्ट्रपति बने फेरिपनि संविधान खतरामा पर्छ– प्रदीप पौडेल



काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले एमालेको अनुकूलको राष्ट्रपति बनेमा फेरिपनि संविधान खतरामा पर्ने बताएका छन् । आइतबार कांग्रेस नवलपरासीको सुनवल नगर कार्यसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेको सत्ता गठबन्धनको सम्झौता अनुकूल एमालेको राष्ट्रपति बनेमा संविधान खतरामा पर्ने बताएका हुन् ।

विगतमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि पटक–पटक प्रहार भएको स्मरण गर्दै उनले कांग्रेसको राष्ट्रपतिमा उम्मेदवारी संविधानको रक्षाका लागि भएको दाबी गरे । ‘हिजो ओलीजी अनुकूलको राष्ट्रपतिले संवैधनिक व्यवस्थामाथि बारम्बार प्रहार गर्नुभयो । यो गठबन्धनले फेरि सम्झौता अनुसार त्यस्तै स्मेल बनाउने गरी अगाडि बढ्यो भने त्यो नेपालको संविधानका लागि खतरा हुन्छ,’ उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot