Logo

राज्यका कारण प्रेमप्रसादको आत्मदाह : मेयर बालेन



काठमाडौं, माघ ११ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रेमप्रसाद आचार्यको मृत्युको प्रमुख कारण राज्य भएको आरोप लगाएका छन्। इलामका प्रेमप्रसादको आत्मदाहबाट बुधबार मृत्यु भएपछि मेयर शाहले राज्यका कारण ज्यान गुमाउनु परेको बताएका हुन् ।

‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छ। एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन्’, आत्मदहको सबैभन्दा ठूलो कारण राज्य भएको बताउँदै मेयर शाहले लेखेका छन्, ‘एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो। र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’

उक्त घटना हुनु भनेको राज्यका हरेक तप्का, निकाय र अंग असफल हुनु भएको उल्लेख गर्दै उनले अगाडी लेखेका छन्  ‘उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन्।

 



प्रतिक्रिया दिनुहोस्