काठमाडौं, ११ माघ । नेकपा एमाले र माओवादी केन्द्रले बागमती प्रदेशमा आफ्ना मन्त्रीहरुको नामावली टुङ्गयाएको छ।
एमालेबाट यसअघि जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् भने थप ३ जना नयाँ मन्त्रीहरुको पनि टुङ्गो लगाएको छ।
थप मन्त्रीमा एकालाल श्रेष्ठ, केशव पोखरेल र रामेश्वर श्रेष्ठरहेका छन्। तर उनीहरुको मन्त्रालय टुगों लगाइएको छैन।
यस्तै माओवादीबाट माओवादीले कुमारी मोक्तान, युवराज दुलाल तथा गंगानारायण श्रेष्ठ मन्त्री बन्ने भएका छन्।
श्रेष्ठ आन्तरिक मामिला मन्त्रालय, दुलाल भौतिक योजना तथा मोक्तान सामजिक विकास मन्त्रालय पाउने भएका छन्।