Logo

प्रेमप्रसादको परिवारलाई डा.अनिलले गरे आर्थिक सहयोग



काठमाडौं, माघ ११ । मुटुरोग विशेषज्ञ डा.ओम मुर्ति अनिलले राजधानीको संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेर निधन भएका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

मंगलबार संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका आचार्यको आज विहान निधन भएको हो । मृतक आचार्यले मंगलबार दिउँसो सबै सम्पत्ति सकिएको भन्दै आत्मदाहको बाटो रोज्न लागेको संक्रेत गरेका थिए ।

परिवार बचाउनका लागि कोही मनकारी भए सहयोग गर्न आग्रह गर्दै उनले श्रीमतीको बैंक खाता नम्बर पनि सार्वजनिक गरेका थिए ।
बुधबार विहान डा. अनिलले मृतक आचार्यको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् । उनले बुधबार विहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘प्रेमजीको घटनाले स्तब्ध छु । मैले केही आर्थिक सहयोग गरेको छु । समस्त मित्रहरुले पनि उहाँको छोरीहरुको लागि सक्दो सहयोग गर्दिनुहोला ।’



प्रतिक्रिया दिनुहोस्