Logo

प्रचण्ड सरकारले भारतसँगको समस्या समाधान गर्न इमानदार प्रयास गर्नेछ भन्ने विश्वास छ : राजकिशोर यादव



काठमाडौं, ११ माघ । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको भन्दै आगामी दिनमा यसलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘भोलि भारतले ७५औं स्वतन्त्रता दिवस मनाईरहेको छ । हाम्रो सम्बन्ध बहुआयामिक छ । राज्य–राज्यको सम्बन्ध, सरकारदेखि सरकारसम्म मात्रै सम्बन्ध सिमित राख्न सकिँदैन् । व्यक्तिगत सम्बन्ध छ । जनस्तरको सम्बन्ध छ । सांस्कृतिक रुपमा हाम्रो उन्नत सम्बन्ध छ । नेपाल र भारतका सार्वभौम जनता हुँदाुहादपैपनि पारिवारिक सम्बन्ध छ । सबै तहमा सौहार्दपूर्ण सम्बन्ध छ । तर, सरकारदेखि सरकारसम्मको सम्बन्धको कुरा गर्दा राष्ट्रिय स्वार्थको कारण समस्या देखिएको छ ।’

उनले आजको २१औं शताब्दीअनुसार दुई देशबीचको सम्बन्ध प्रगाढ भएर जानुपर्नेमा जोड दिए । उनले भने,‘नेपाली आँखाबाट हेर्दा, नेपाली हितको कुरा गर्दा भारत हाम्रो लागि ठूलो बजार छ। भारतको बजार हाम्रो उत्पादनमैत्री होस भन्ने हाम्रो चाहना हुनु स्वभाविक हो । हामीबीच व्यापार घाटा छ । अधिकांश व्यापार भारतसँग छ । भारतको ठूलो अर्थतन्त्र छ । पुँजीवादी व्यवस्थामा ठूलोले सानालाई थिचोमिचो भएको अनुभुति भएको छ । समस्यालाई यथावत राखेर जति बखान गरेपनि, यसले क्रोनिक रुपधारण गर्छ । भारतसँग ऐतिहासिक सम्बन्ध छ । यसमा भारत सरकार उदार हुनुपर्छ । नेपालमा भर्खरै सरकार गठन भएको छ । यो सरकारले छिमेकीहरुसँग खासगरी भारत र चीनसँगको सम्बन्ध अझै मजबुद बनाएर जानेछ । समस्या देखिएको छ, ती हल गर्न इमानदार प्रयास गर्नेछ ।’

उनले इलामका प्रेमप्रसाद आचार्यको आत्महादलाई राज्यद्धारा गरिएको हत्याको संज्ञा दिएका छन् । उनले भने,‘म एक नेपाली र जनप्रतिनिधिको नाताले मेरो मन चुँडिएको छ–हिजो संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुभयो, हामीजस्ता जनप्रतिनिधिको लागि एउटा ठूलो चूनौतिको विषय बनेको छ । यो बडो दुःखको विषय बनेको छ । यो आत्मदाह आत्महत्या होईन । राज्यद्धारा गरिएको विभेदको विद्रोह हो । यो राज्यद्धारा गराईएको हत्या हो । राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । मृत्यअगाडि उहाँले राखेका कुरा मार्मिक छ । राज्य जनताप्रति कति अनुदार छ भन्ने कुरा सबै छ । सरकारले उहाँको ऋण मिनाहा गरिदेओस । छोरीहरुको लालनपालन र पढाईको व्यवस्था गर्नुपर्छ । एक प्रकारको उहाँले क्रान्तिको ठूलो विगुल फुकेर देह त्याग गर्नुभएको छ । म उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot