Logo

घनश्यामलाई महासचिव र बेदुरामलाई उपाध्यक्ष बनाउने समाजवादीको तयारी



काठमाडौं, १२ माघ । नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुषाललाई एकीकृत समाजवादीको महासचिव बनाउने तयारी गरेको छ।

समाजवादीका एक नेताका अनुसार घनश्यामले समाजवादी प्रवेश गर्नुअघि महासचिव बनाउन प्रस्ताव राखेका थिए। तर पार्टी शिर्षनेताहरुले पार्टी प्रवेश गरेको केही समयपछि मात्र महासचिव बनाउने आश्वासन दिएका थिए। सोही आश्वासनलाई पूरा गर्न हालका महासचिव बेदुराम भुषाललाई पार्टी उपाध्यक्ष बनाइ घनश्यामलाई महासचिव बनाउने तयारी रहेको ती नेताले बताए।

२९ पुसमा एकीकृत समाजवादी प्रवेश गरेका भुषाल तत्कालै सचिवालय सदस्यमा मनोनीत भएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot