Logo

काठमाडौं महानगरले हटायो ९ हजार बोर्ड



काठमाडौं, १२ माघ । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका ९ हजारबढी बोर्ड हटाएको जनाएको छ।

महागरले पसलहरु तथा सडकहरुमा राखिकएका मापदण्डविपरित बोर्ड हटाएको जनाएको छ।

महानगरले असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने बोर्डको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो।

मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई महानगरले आग्रह गरेको थियो।

महानगरले दिएको समयसीमा सकिएपछि कात्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको महानगरले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot