Logo

हाजिर छैन, तलब सधैं



जाजरकोट, माघ १३ । जुनीचाँदे गाउँपालिकामा कार्यरत केही कर्मचारीले कार्यालयमा नआएर तलब भत्ता बुझ्ने गरेको खुलसाा भएको छ । अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले नेपालगन्ज, सुर्खेत बसेर गाउँपालिकाबाट तलब-भत्ता बुझ्ने गरेको पाइएको हो ।

जुनीचाँदै गाउँपालिकाको आधारभूत स्वास्थ्य इकाइ दह करुवामा कार्यरत अहेव सुवास शाही गएको मंसिर २९ गतेदेखि कार्यालयमा छैनन् । उनी अध्ययनका लागि दुई महिनादेखि काठमाडौंमा छन् । काठमाडौं बसे पनि नियमित रुपमा उनले गाउँपालिकाबाट तलब भत्ता खाँदै आएका छन् ।

गएको साउन महिनादेखि अहिलेसम्म कार्यालयमा नियमित छैनन् । पछिल्लो पटक मंसिर महिनामा स्वास्थ्य कार्यालय आएका उनी हाजिर गरेर गएको स्वास्थकर्मीहरु नै बताउँछन् ।

मसिंरपछि उनी कार्यालयमा फर्किएका छैनन् । हाजिरी रजिष्टरमा २०७९ मंसिर २९ गतेसम्म हाजिर गरेका छन् । तर, पालिकाले शाहीलाई पुस महिनासम्मको तलब भत्ता बुझाएको छ । कार्यालयले हाजिर प्रमाणित भएर तलब निकासा दिने गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्