Logo

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे मुद्दाको संवैधानिक इजलासमा सुनुवाई सुरु



काठमाडौं, १३ माघ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । उक्त मुद्दामा आज फैसला आउने सम्भावना रहेको छ ।

अहिले सुनुवाइमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा छन् ।

आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गर्नेछन् भने त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गर्न पालो पाउनेछन् । दुवै तर्फका कानून व्यवसायीहरुको अनुसार उक्त मुद्दामा आज फैसला आउने सम्भावना प्रवल छ ।



प्रतिक्रिया दिनुहोस्